सुनको मूल्यमा भारी गिरावट, चाँदी कतिमा हुँदैछ कारोबार?

Feb 16, 2025 10:46 AM Merolagani



फागुन ४ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।