सुनको मूल्यमा भारी गिरावट, चाँदी कतिमा हुँदैछ कारोबार?

Feb 16, 2025 10:46 AM Merolagani



फागुन ४ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।