ओलीले प्रचण्डलाई लक्षित गर्दै भने- टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्

Feb 21, 2025 05:40 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको बिरोधमा उत्रिएको टिप्पणी गरेका छन्।

विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताएका हुन। शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए ।

उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरु खासगरि माओवादी लगायतका पार्टीहरुले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन् । अनि टिकटकमा प्रतिवन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिवन्ध लगाएको त त्यतिबेला ? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ ।’

उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताए । उनले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पुर्याएको दाबी गरे ।




comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।