राष्ट्रिय स्पोट्र्स च्याम्पियनसिप दशरथ रङ्गशाला, काठमाडौँमा जारी

Feb 21, 2025 06:31 PM Merolagani



नेपालको पहिलो राष्ट्रिय स्पोट्र्स च्याम्पियनसिप दशरथ रङ्गशाला, काठमाडौँमा जारी रहेकाे छ। सामसङका अनुसार कार्यक्रमकाे दाेस्राे दिन अवलाेकनकर्ताकाे राम्राे उपस्थितीहरू रहेकाे छ ।  हिजाे फागुन ८ गतेदेखि सुरू भएकाे कार्यक्रम १०गतेसम्म चल्ने आयोजकको भनाइ छ । 

यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।सामसङका अनुसार यस इभेन्टमा प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिनेछ।

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने कम्पनीले जनाएकाे छ।

सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने,“सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुराएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६।९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्। क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको ईस्पोट्र्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ।“

ईस्पोट्र्स प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको सङ्गीतात्मक प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन्।




comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।