साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश पारित गर्न बोलायो साधारण सभा

Feb 27, 2025 10:12 AM Merolagani



साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्न, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको रहत रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।