लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न युनाईटेड इदी मार्दीले बोलायो साधारण सभा

Feb 27, 2025 10:26 AM Merolagani



युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत ११ गते, सोमबार, आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनसशेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर जारी भएपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।