नेप्सेको सिईओ नियुक्तिको लागि १० जनाको आवेदन

Mar 09, 2025 05:39 PM mero lagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको लागि १० जनाले आवेदन दिएका छन् । 

अर्थमन्त्रालयले दिएको अन्तिम मिति फागुन २५ गतेसम्म इलामका पूर्ण प्रसाद आचार्य, नुवाकोटका बद्री प्याकुरेल, सर्लाहीका नारदकुमार खतिवडा, झापाका युवराज दाहाल, चुडामणी चापागाई, काभ्रेका प्रविण अधिकारी, सिराहका बिमल तिवारी, पाल्पाका कृष्णबहादुर कार्की र हेमन्त बस्याल तथा डडेल्धुराका मुकुन्दराज जोशी रहेका छन् ।

तत्कालिन सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्से हाल निमित्त कार्यकारीको भरमा चलिरहेको छ । कार्कीले पुनः नियुक्तिका लागि आवेदन दिएका छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।