सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Mar 10, 2025 06:10 AM Merolagani



फागुन २६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३६ रुपैयाँ ९४ पैसा कायम भएको छ। नेप्सेले यस दिन इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४४२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले चैत ८ गते, शुक्रबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।