‘व्याक फायर’ हुने अवस्थाले कुलमान घिसिङलाई हटाउने अभियानबाट पछि हटे प्रधानमन्त्री ओली

Mar 10, 2025 04:08 PM mero lagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका छन् । जसरी पनि उनलाई हटाउने भन्दै एक पछि अर्काे गर्दै स्पष्टिकरण सोधिरहेका उर्जा मन्त्री दीपक खड्का र नेपाली कांग्रेस भित्रको कोइराला गुटको दवावका कारण हटाउने ‘मुड’मा पुगेका ओली एमाले नेताहरुको असहमतिपछि पछि हटेका हुन् ।

कार्यकाल जम्मा ४ महिना जति रहेका कुलमानलाई हटाउँदा सरकार विरुद्धको माहाेल थप तात्ने अर्थात सरकार र पार्टीलाई समेत ‘व्याक फायर’ हुने अवस्था रहेको भन्दै एमालेका उच्च नेताहरुले नै खबरदारी गरिरहेका छन् ।

सरकारले कुलमानलाई हटाउने निर्णयबाट पछि हटेको जानकारी एमाले महासचिव शंकर पोख्रेलले पनि दिएका छन् । एक अनलाइनलाई दिएको अन्तरवार्तामा पोख्रेलले भनेका छन्-उनी ढिलो चाँडो बिदा हुँदैछन् । अझै ४ महिनाजति बाँकी होला । त्यस अर्थमा सरकारले उनलाई अहिले नै बिदा गरिहाल्छ जस्तो लाग्दैन ।

पोख्रेलले ‘अहिले नै बिदा गरिहाल्छ जस्तो लाग्दैन’ भने पनि उनीसहितका नेताहरुको दबावकै कारण ओली कुलमानलाई हटाउने निर्णयबाट पछि हटेको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।