‘व्याक फायर’ हुने अवस्थाले कुलमान घिसिङलाई हटाउने अभियानबाट पछि हटे प्रधानमन्त्री ओली

Mar 10, 2025 04:08 PM mero lagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका छन् । जसरी पनि उनलाई हटाउने भन्दै एक पछि अर्काे गर्दै स्पष्टिकरण सोधिरहेका उर्जा मन्त्री दीपक खड्का र नेपाली कांग्रेस भित्रको कोइराला गुटको दवावका कारण हटाउने ‘मुड’मा पुगेका ओली एमाले नेताहरुको असहमतिपछि पछि हटेका हुन् ।

कार्यकाल जम्मा ४ महिना जति रहेका कुलमानलाई हटाउँदा सरकार विरुद्धको माहाेल थप तात्ने अर्थात सरकार र पार्टीलाई समेत ‘व्याक फायर’ हुने अवस्था रहेको भन्दै एमालेका उच्च नेताहरुले नै खबरदारी गरिरहेका छन् ।

सरकारले कुलमानलाई हटाउने निर्णयबाट पछि हटेको जानकारी एमाले महासचिव शंकर पोख्रेलले पनि दिएका छन् । एक अनलाइनलाई दिएको अन्तरवार्तामा पोख्रेलले भनेका छन्-उनी ढिलो चाँडो बिदा हुँदैछन् । अझै ४ महिनाजति बाँकी होला । त्यस अर्थमा सरकारले उनलाई अहिले नै बिदा गरिहाल्छ जस्तो लाग्दैन ।

पोख्रेलले ‘अहिले नै बिदा गरिहाल्छ जस्तो लाग्दैन’ भने पनि उनीसहितका नेताहरुको दबावकै कारण ओली कुलमानलाई हटाउने निर्णयबाट पछि हटेको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।