सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

Mar 10, 2025 08:15 PM Merolagani
0
0



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(SADBL)ले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् ।

पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४०  हजार रूपैयाँ पुरस्कार पाएका छन्।

कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

'कन्ट्रि राउन्ड'मा इटहरी, काठमाडौँ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धी रहेका थिए । 

'कन्ट्रि राउन्ड' अघि सञ्चालन गरिएका 'ब्रान्च राउन्ड' र 'क्लस्टर राउन्ड'मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट भएका थिए । ब्रान्च राउन्डमा ४७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गरेका थिए । सांग्रिला डेभलपमेन्ट बैंकले वि. सं. २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गरेका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

ग्राहकहरुको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।