‘एमबीएल इक्विटी फन्ड'मा आवेदन दिने समय लम्बियाे

Mar 11, 2025 02:30 PM Merolagani



‘एमबीएल इक्विटी फन्ड’(MBLEF) मा आवेदन दिने समय लम्बिएको छ । यस फन्डको इकाई खरिदका लागि निष्कासन अवधि लम्बिएको हुनाले, अब ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन सकिन्छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो । यसले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ ।

कुल योजनाको आकारमध्ये १४ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १०२ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो । यसमा न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।