होन्डासँग साझेदारी असफल भएपछि निसानले इभान एस्पिनोसालाई बनायाे सीईओ

Mar 12, 2025 02:13 PM Merolagani



निसान मोटर कम्पनीले इभान एस्पिनोसालाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा नियुक्त गरेको छ। उनले माकोटो उचिदाको स्थान लिनेछिन्। माकोटोले मार्चको अन्त्यमा पद त्याग गर्दैछन् ।

२००३ देखि निसानमा कार्यरत र हाल प्रमुख योजना अधिकृतको रूपमा कार्यरत एस्पिनोसाले अप्रिल १ मा पदभार ग्रहण गर्नेछन्।

एस्पिनोसाले बढ्दो चुनौतीहरूको सामना गर्ने

निसानले धेरै कठिनाइहरूको सामना गरिरहेको समयमा ४६ वर्षीया एस्पिनोसाले नेतृत्व सम्हाल्दैछन्। हालै, होन्डा मोटर कम्पनीसँगको निसानको साझेदारी असफल भएकाे थियाे । यसले कम्पनीको स्थितिलाई अझ कमजोर बनायो। २०१८ मा कार्लोस घोसनको विदाइ पछि निसान लगातार संकटकाे घेरामा फसिरहेको छ।

उचिदाको विदाइ र आर्थिक समस्याहरू

गत वर्षकाे नोभेम्बरमा कम्पनीले आफ्नो अर्धवार्षिक आम्दानीमा ९४ प्रतिशतको ठूलो गिरावट आएको बताएसँगै उचिदाको नेतृत्वमाथि प्रश्न उठिरहेको छ। यससँगै, निसानले ९,००० रोजगारी कटौती गर्ने र उत्पादन क्षमता २० प्रतिशतले घटाउने योजना घोषणा गरेको थियो।

मंगलबार एक पत्रकार सम्मेलनमा, उचिदाले कम्पनी भित्र पनि आफ्नो नेतृत्वकोबारेमा शंका बढ्दै गएको स्वीकार गरे। उनले भने, "यसरी राजीनामा दिनु मेरालागि दुर्भाग्यपूर्ण छ। निसानको अहिलेको सबैभन्दा ठूलो प्राथमिकता यो अवस्थाबाट बाहिर निस्कनु र स्थिरता प्राप्त गर्नु हो।"

२०१९मा उचिदा सीईओ बनेदेखि निसानको बजार मूल्य ४० प्रतिशतभन्दा बढीले घटेको छ। २०१९काे डिसेम्बरमा कम्पनीको मूल्य २.९१ ट्रिलियन जापानी येन थियो, जुन अहिले १.६३ ट्रिलियन जापानी येन (११ अर्ब डलर)मा झरेको छ।

एस्पिनोसाका प्राथमिकता र चुनौतीहरू

कम्पनीको भविष्य र सम्भावित साझेदारीको बारेमा प्रश्नमा एस्पिनोसाले भने, "मलाई भर्खरै पदको बारेमा जानकारी दिइएको छ त्यसैले मलाई यसको बारेमा सोच्न केही समय चाहिन्छ। म अहिले कुनै पनि अड्कलबाजीमा टिप्पणी गर्ने छैन।"

खासगरी, मेकानिकल इन्जिनियर एस्पिनोसाले हाल निसान र इन्फिनिटी ब्रान्डहरूको लागि भविष्यको उत्पादन र सेवा रणनीतिहरूको निरीक्षण गर्छन्। उनको व्यवसायिक प्रोफाइल अनुसार, अटोमोबाइल उद्योगका तीन ठूला चुनौतीहरू विद्युतीकरण, कनेक्टिभिटी र अटाेनाेमस ड्राइभिङ प्रविधि हुन् जसमा निसान पछाडि परेको देखिन्छ।

निसान नयाँ वित्तीय साझेदार खोज्दै

सीईओ बनेपछि एस्पिनोसाको लागि सबैभन्दा ठूलो चुनौती निसानलाई आर्थिक रूपमा बलियो बनाउनु हुनेछ। हालै होन्डासँगको यसको साझेदारी समाप्त भएकाे छ । यसले गर्दा कम्पनीले ठूलो घाटा बेहोर्नुपर्याे। यो सम्झौता सफल भएमा, निसानले टोयोटा मोटर कर्प र चीनको बीवाइडी कम्पनी जस्ता कम्पनीहरू विरुद्ध बलियो रूपमा उभिने मौका पाउने थियो। तर, दुई कम्पनीहरू बीच शक्ति सन्तुलनमा मतभेद थियो जसले गर्दा फेब्रुअरीमा साझेदारीको अन्त्य भयो।

अब, निसान एक नयाँ साझेदारी खोजिरहेको छ। फेब्रुअरीमा प्रकाशित ब्लूमबर्गको रिपोर्ट अनुसार निसानले अमेरिकी प्रविधि कम्पनीसँग साझेदारी गर्ने योजना बनाइरहेको छ। होन्डा सम्झौता असफल भएपछि विद्युतीय सवारी साधन निर्माणमा लाग्न चाहने फक्सकन (आईफोन निर्माता)सँग सम्भावित वार्ताको संकेत देखिएको छ।

एजेन्सीकाे सहयाेगमा ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।