सुनको मूल्य ऐतिहासिक उचाईमा

Mar 14, 2025 10:50 AM Merolagani



चैत्र १ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ । यस दिन सुन मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर नयाँ रकर्ड कायम गरेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँको उचाईलाइै ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।