विश्वमा बजार पूँजीकरण सम्वन्धि काम गर्ने ‘भिजुअल क्याप्टलिष्ट’का अनुसार शेयर बजारमा अझै पनि संयुक्त राज्य अमेरिकाको प्रभुत्व कायम छ । तर, पछिल्ला केही वर्षयता चीनमा सबैभन्दा तीब्रतर रुपमा पूँजी बजारको विकास भैरहेको छ । त्यहीकारण अहिले शेयर कारोबार हुने कम्पनीहरुको संख्यामा अमेरिकामा भन्दा चीनमा निकै धेरै छ ।
उक्त संस्थाका अनुसार बजार पूँजीकरणको हिसाबले विश्वको पूँजी बजारको झण्डै आधा हिस्सा अमेरिकाले ओगटेको छ । ६०.०७ ट्रिलियन बजार पूँजीकरण रहेको छ, जुन विश्वको शेयर बजारको कूल बजार पूंजीकरणको ४८.६ प्रतिशत होे । अमेरिकामा केवल ६०६२ कम्पनीको शेयर कारोबार हुने गर्छ ।
जबकी विश्वको पूँजी बजारमा दोस्रो ठूलो स्थान ओगटेर पनि अमेरिका भन्दा निकै सानो रहेको चिनियाँ बजारमा कारोबार हुने कम्पनीहरुको संख्या भने ७६११ पुगेको छ । चीनको बजार पूँजीकरण १५.५८ ट्रीलियन डलर पुगेको छ, जुन विश्वका कूल शेयर कारोवार हुने कम्पनीहरुको बजार पूँजीकरणको १२.६ प्रतिशत हिस्सा हो ।
सन् २०२५ को जनवरीसम्म विश्वभरका शेयर कारोबार गर्ने कम्पनीहरुको संख्या र पूँजीकरण यस्तो छ:
देश,क्षेत्र बजार क्याप (ट्रीलियन डलर ) बजार हिस्सेदारी % कारोबार हुने कम्पनी
अमेरिका ४६०.०७ ४८.६% ६,०६२
चीन ४१५.५८ १२.६% ७,६११
EU ४१४.९९ १२.१% ५,७८२
एशिया
(जापान, चीन, भारतबाहेक ) ४६.७९ ५.५% १,०१७६
जापान ४६.२० ५.०% ४,०२३
भारत ४५.१८ ४.२% ४,७८८
अफ्रिका र मध्य पूर्व ४५.०९ ४.१% २,४७८
बेलायत ४३.२७ २.६% १,०६४
क्यानाडा ४२.९७ २.४% २,७०१
अष्ट्रेलिया र न्यूजील्याण्ड ४१.७१ १.४% १,७२५
ल्याटिन अमेरिका र क्यारिबियन ४१.६३ १.३% ९७७
पूर्वी यूरोप र रूस ४०.१२ ०.१% ४२३
कुल १२३.६२ ४७,८१०