लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन्। जीवन बीमा तर्फ ६ वटा र निर्जीवन बीमातर्फ ६ गरी जम्मा १२ कम्पनीले लाभांश घोषणा गर्दा अझै १२ वटा कम्पनीको लाभांश घोषणा हुनै बाँकी छ ।
अहिलेसम्म जीवन बीमातर्फ नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफ तथा निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, एनएलजी इरुन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योिरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छैनन ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्छ तर बीमा कम्पनीको हकमा भने गत वर्ष सूर्यज्योति लाइफ इन्स्योरेन्सले मात्रै पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरेको थियो । कम्पनीले ऐनले तोकेको सीमा भन्दा थप २ महिना समय व्यतित भइसक्दा पनि ५० प्रतिशत कम्पनीले मात्रै लाभांश घोषणा गरेर साधारण सभाको तयारी गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छ। कम्पनीले बुक क्लोज गरिसकेको छ । कम्पनीको शेयर आइतबार ५ सय ३९ रुपैयाँमा अन्तिम कारोबार भयो ।
हिमालयन लाइफ इन्स्योरेन्स
नेप्सेमा सूचीकृत ३ वटा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट मर्जरपछि पहिलो पटक लाभांश घोषणा गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव फागुन १९ गतेको १७ औं साधारण सभाबाट समेत पारित भइसकेको छ । यो कम्पनीको शेयर अहिले ४ सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेर नगद लाभांश समेत वितरण गरिसकेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेकाे छ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ । कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहे पनि नगद लाभांश भने शेयरधनीको खातामा पठाइसकेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ। बीमा कम्पनीमध्ये सबैभन्दा पहिले साधारण सभा गर्ने कम्पनीमा समेत यस वर्ष सूर्यज्योति लाइफ इन्स्योरेन्स परेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन् । कम्पनीको बुक क्लोज गत फागुन २६ गते भइसकेको छ भने साधारण सभा आगामी चैत्र ८ गते शुक्रबार हुँदैछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा फागुन २५ गते सम्पन्न गरिसकेको छ ।
नेपाल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले चैत्र ७ गते बुक क्लोज र सो प्रस्ताव पारित गर्नका लागि चैत १९ गते ७६ औँ वार्षिक साधारण सभा गर्नेछ ।
सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले चैत २१ गते साधारण सभा गर्दैछ ।
शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा फागुन १३ गते गरिसकेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।