गभर्नरको बहिर्गमनले शेयर बजार कति बढ्ला ? यस्तो छ लगानीकर्ताको अनुमान

Mar 18, 2025 06:17 AM merolagani



नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर आउँदो चैत २२ गतेबाट बिदा हुँदै छन्। बिदा हुनु अघि उनी मंगलबारबाट १० दिन बिदामा बस्दै छन्। यस हिसाबले अहिलेका गभर्नरले आउँदो ६ कार्य दिन मात्रै नेपाल राष्ट्र बैंकमा बिताउने छन्।

वर्तमान गभर्नर नियुक्ति पछि शेयर बजारले उच्चतम बिन्दु चुम्यो। उनैले लिएको नीतिका कारण शेयर बजारले उच्चतम बिन्दु चुमेको थियो। त्यसकारण उनी शेयर बजारको लागि यादगार व्यक्तिको परिचय बनाउँदै बिदा हुने छन्। कुन गभर्नरको पालामा शेयर बजारले उच्चतम बिन्दु छोएको थियो भन्ने प्रश्नको उत्तर वर्तमान गभर्नर हुने छन्। त्यसकारण शेयर बजारको लागि नियुक्त भएको एक वर्ष गभर्नर शेयर बजार मैत्री देखिए पनि त्यसपछिका चार वर्ष भने उनै गभर्नर शेयरबजार मैत्री भएनन् भन्ने तर्क लगानीकर्ताको छ। उनैले शेयर बजारमा जाने ऋणमा व्यक्तिगत र संस्थागत क्याप लगाए। जस कारण उनकै पालामा बनेको त्यो रेकर्ड पुन: तोड्न शेयर बजार असफल रह्यो। कारण उनै गभर्नरले लिएको नीति बाधक रह्यो। गएको तीन वर्ष शेयर बजारका  लगानीकर्ताका लागि गभर्नर काउसो जस्तै साबित हुन पुगे। उनको कार्यकाल कहिले सकिएला भन्दै लगानीकर्ताले दिन गन्ती सम्म गन्न भ्याए।

शेयर बजारमा मनोविज्ञानले धेरै काम गर्छ। अहिले गभर्नरले लगाएको क्यापको कारण शेयर बजार घटेको बहुमत लगानीकर्ताको मत छ। त्यसैले उनी जाँदै गर्दा शेयर बजार बढ्छ भन्ने लगानीकर्ता पनि दोस्रो बजारमा प्रशस्त छन्। जसकारण गभर्नर बिदामा बस्ने खबर आएसँगै शेयर बजार बौरिन थाल्ने अनुमान लगानीकर्ताको छ। अझै शेयर बजारले यस अघि बनाएको अल टाइम हाइको रेकर्ड ब्रेक गर्न सक्ने अनुमान समेत आउन थालेका छन्। “शेयर बजारको लागि चार वर्षदेखि अहिलेका गभर्नर काउसो जस्तै भएका थिए। उनकै कारण शेयर बजार बढ्न सकेन। उनैले लिएको नीति नै शेयर बजारको बाधक बन्यो। अब उनी जाँदै छन् भन्ने खबरले पक्कै पनि शेयर बजार बौरिने छ,” एक लगानीकर्ताले भने।

गभर्नरको फिभर जसरी शेयर बजारमा परेको थियो। त्यो बिस्तारै सेलाउँदै जाने छ। लगानीकर्ताको घटेको मनोबललाई समेत अहिले बिदा हुँदै गरेको खबरले उठाउने छ। त्यसैको प्रभावमा शेयर बजारले पुन: अप ट्रेन्ड समाउने अर्का लगानीकर्ताको अनुमान छ। “शेयर बजारमा फण्डामेन्टल प्रभाव भन्दा पनि बढी सेन्टिमेन्टले काम गर्छ। लगानीकर्तामा पोजेटिभ सेन्टिमेन्ट हावी भए शेयर बजार बढ्छ भने नेगेटिभ भए घट्छ। अहिले राजनैतिक वृत्तमा देखिएको अलमलले लगानीकर्तामा नेगेटिभ सेन्टिमेन्ट हाबी छ। त्यसैले गर्दा शेयर बजार घटिरहेको छ। तर यसैबीच गभर्नर जाँदै छन् भन्ने खबरले एकाएक पोजेटिभ सेन्टिमेन्ट क्रिएट गर्न सक्छ। जसले गर्दा शेयर बजार पुन उकालो लाग्न सक्छ,” अर्का लगानीकर्ताले भने।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।