निरन्तरको घटाइले लगानीकर्ताको लगानी दिन प्रतिदिन ह्रास भएको छ । यसरी बजार घट्दा कुनै कम्पनीबाट पनि लगानीकर्ताले नाफा लिन सकिरहेका छैनन। सूचकले सामान्य करेक्सन लिएर फर्कने विश्वासमा रहेका लगानीकर्ता मुलुकमा देखिएको राजनीति अस्थिरताले तत्काल बजार बढ्ने सम्भावना देख्न छाडेका छन् । ब्रोकरको उधारो तिर्नैपर्ने दवावमा रहेका लगानीकर्ताले मात्रै पछिल्लो समय लगानी गरेको हुन सक्ने बुझाई रहेको छ ।
केही समय राजनीति अस्थिरता हुने सक्ने आँकलनसहित लगानीकर्ताहरु विश्वस्त हुन नसकेको लगानीकर्ता तारा फुल्लेलले बताए । तर, बजार निरन्तर रुपमा घटेको छ । अब धेरै नघट्ने हुँदा राजनीति परिस्थितीकाे प्रभाव अब बजारमा पर्दैन । अबको बजार केही दिन साइडवइज चलेर पुन: बढ्दो गतिमा जानेमा फुल्लेल आशावादी छन् ।
राजनीति स्थिरता नभएसम्म बजारले नयाँ उचाई नबनाए पनि सूचक घट्ने क्रम रोकिने विश्वास लगानीकर्ताहरुले गरेका छन । बजार सधैं घट्नेमात्र गर्दैन,घटेको बजार फेरि बढ्छ । आधारभूत पक्ष सबल भएका कम्पनीहरु छनोट गरेर लगानी गर्दा राम्रो लाभ हुने लगानीकर्ताहरुको विश्वास छ ।