बैंकले एक वर्षमा सिएसआरको ६० प्रतिशत खर्च गर्नुपर्ने

Mar 17, 2025 10:10 PM Merolagani



बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत छुट्याएको रकममध्ये वर्ष दिनमा ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ।  राष्ट्र बैंकले सोमबार मार्गनिर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

मार्गनिर्देशनअनुसार बैंकहरुले सिएसआरको पैसा एक आर्थिक वर्षभित्र प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्नेछ। तर, एक आर्थिक वर्षमा सिएसआर कोषको कुनै एक कार्यक्रममा ५ प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरिएको छ।