अछामको बाटुलासैन केन्द्रविन्दु भएर भूकम्प

Mar 18, 2025 08:20 AM RSS



अछाम जिल्लाको बाटुलासैन केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।