एमएलए नभएको भन्दै पोल्याण्डद्धारा सुमनाको नागरिकताबारे जानकारी दिन अस्वीकार

Mar 20, 2025 04:51 PM mero lagani



पोल्याण्डले दुई देशबीच सूचना आदान प्रदानसम्बन्धी सम्झौता अर्थात् म्युचुअल लिगल एग्रिमेन्ट (एमएलए) नभएको भन्दै पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठको नागरिकता लगायतका कुनै पनि विषयमा जानकारी दिन अस्वीकार गरेको छ ।

पोलिस नागरिकसँग विवाह गरेकी श्रेष्ठसँग त्यहाँको पनि नागरिकता रहेको भन्दै उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो । केन्द्रले श्रेष्ठसँगै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु र अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीको बारेमा पनि जानकारी दिन अस्वीकार गरेको छ ।

पोल्याण्डमा नेपालको दूतावास नभएकोले केन्द्रले परराष्ट्र मन्त्रालयमार्फत जर्मनीको राजदूतावासलाई त्यसबारेमा अध्ययन गरि जानकारी दिन आदेश दिएको थियो । त्यस्तै पोल्याण्डको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर जानकारी माग गरेको थियो । तर, पोल्याण्डले दुई देशबीच सूचना आदान प्रदानसम्बन्धी सम्झौता नभएको भन्दै उनीहरुको विरुद्ध कुनै पनि जानकारी दिन नसकिने जवाफ दिएको हो ।

पोल्याण्डको जवाफ प्राप्त भएपछि तत्कालको लागि श्रेष्ठसहितका तीनै जनाको विदेशी नागरिकता र ‘पिआर’ खोज्ने क्रम रोकिएको छ । अब छिटै एमएलए गरेर फेरि छानबिन शुरु गरिने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘सुमनाको मात्रै कुरा होइन, सरकारी पदमा रहेका धेरै व्यक्तिहरुको बारेमा छानबिन गर्नुछ । त्यसैले पोल्याण्ड लगायतका केही देशसँग एमएलए गर्नको लागि प्रकृया शुरु गर्ने तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतको भनाइ छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।