बजारले लगानीकर्तालाई कसरी 'चक्मा' दिन्छ?

Mar 23, 2025 11:11 AM Merolagani



रुपन्देहीका विनोद ढकालले शेयर बजारमा लगानी गर्दा आधारभूत र प्राविधिक रुपले पनि राम्रो मानिएका कम्पनीको छनोट गरी लगानी गरे ।

विगत लामो समयदेखि बजारलाई २८ सयको खड्को पार गर्न धेरै मुस्किल परेको थियो । पछिल्लो चरण बजारले राम्रो काराेबार रकम सहित उक्त विन्दु पार गर्यो । सधै लोक्याप चलेको बजारमा हाईक्यापमा लगानीकर्ताहरुको आकर्षण थियो । ढकाललाई लाग्न थाल्यो कि अब नकिने बजारमा पछि परिन्छ । यो चरणको वृद्धिले बजारले नयाँ उचाई कायम गर्नेछ । तर बजार ढकालले सोचे जस्तो भएन । निरन्तरको गिरावट पछि बजार पुनः २६ सयको लाइनमा झरेको छ ।

दोस्रो बजारमा राम्रो अनुभव भएका ढकाललाई समेत चक्मा दिएर बजार पुरानै विन्दुमा झर्यो । यो अवस्थामा बजारमा करिव १० वर्षको अनुभव समेत फेल खायो । यो समयको बढाइमा बजारको बढ्दो प्रवृति प्राविधिक रुपमा २८ सयको सहजै पार गर्दै दिएको कन्फरमेसन र आधारभूत रुपमा बलिया कम्पनीहरु प्रतिको आम सेन्टिमेन्सलाई ढकालले हेरेका थिए । तर शेयर बजारले यो चरणको सुइङिम सफल हुन दिएन ।

यसरी ढकाल जस्तै उक्त विन्दुमा पक्का बुल भन्दै प्रवेश गर्ने कैयौ लगानीकर्ता फसेका छन । दोस्रो बजारमा एकले कमाउदा अर्कोले गुमाउछ । तर निरन्तर घटेको बजारमा थोरै अंकको वृद्धिमा नै शेयर बिक्री गर्न हौसिन्छन भन्ने धेरै लगानीकर्तालाई लागेको थिएन । पछिल्लो १२ कारोबार दिनदेखि बजार निरन्तर रुपमा घटेको छ । यो निन्तरको गिरावटले बजार प्रतिको विश्वास हराउदै गएको छ भने अर्कोतर्फ बजार कुन विन्दुबाट फर्कने हो भन्ने यकिन गर्न सकिएको छैन ।

दोस्रो बजार लगानीको जोखिपूर्ण क्षेत्र हो । लगानीकर्ता कारोबार गर्नु पूर्व धेरै सचेत हुनपर्ने कुरामा सबैको जोड रहेको हुन्छ । यद्यपि बजारमा राम्रो अनुभव लिएका होस वा नयाँ प्रवेशी लगानीकर्ता सबै फस्छन । तर उक्त अप्ठेरो अवस्थामा बजारमा कस्तो रणनीति अपनाउने भन्ने कुरामा ध्यान दिनु पर्ने जानकारहरु सुझाउछन ।

सामान्यतया लगानीकर्ताहरु बजारमा कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेर लगानी गर्दा लाभ आर्जन गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएको पाइन्छ । तर दोस्रो बजारमा लगानी गर्दा कम्पनीको विश्लेषण मात्रै प्रर्याप्त नभएको देखिन्छ ।

शेयर बजारमा लगानी गर्दा कम्पनीको अवस्था सँगै आम मनोभावना, राजनीतिक गतिविधि, नीतिगत व्यवस्था, सरोकारवालाहरुको बजार प्रतिको दृष्टिकोण र अन्तराष्ट्रिय घटना क्रमसँगै बजारमा स्मर्ट मनिको चाललाई पनि पहिल्याउन सक्नु पर्ने लगानीकर्ता आदित्य सिवाकोटीले बताए ।

बजारले यो चरणको करेक्सन लगभग पुरा गरेको छ । यस्तै विन्दु वरपर केहि समय खर्चेर पुनः बजारले गति समाउनेमा आशावादी हुन सक्ने अवस्था छ । यो चरणको आर्थिक कारण भन्दा पनि राजनीति गतिविधीको प्रभावको मारमा परेको हो । अब राजनीति घट्नाक्रम र आन्दोलन नहुने अवस्था बन्यो भने बजारले केहि समय साईडवयज लिएर बढ्ने लगानीकर्ताको विश्वास छ ।

दोस्रो बजार यसै हुन्छ भन्ने कुरा यकिनका साथ भन्न सकिदैन । तर लगानीकर्ताहरुले बजारमा हुने गरेका सानो ठूलो सुइङ्गिबाट नै कमाउने मौकाको रुपमा लिने गरेको पाइन्छ । बजारमा सधै सफल भइदैन र सधै गुमाउने मात्रै पनि हुदैन । लगानीकर्ताले सेन्टिमेन्सलाई मध्यनजर गर्दै धैर्य भएर लगानी गरेमा शेयर बजार आर्जन गर्नकालागि राम्रो स्रोत रहेको जानकारहरुको बुझाई छ ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।