गभर्नर पदमा प्रतिस्पर्धा गर्न नबिल बैंकका प्रमुखले दिए राजीनामा

Mar 25, 2025 01:33 PM Merolagani



नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् ।

पछिल्लो समय गभर्नर पदका लागि विभिन्न व्यक्तित्वहरुको चर्चा चलेको छ । सो मध्येमा ढुङ्गाना पनि चर्चामा छन । उनले केन्द्रीय बैंकको गभर्नरको प्रतिस्पर्धाको लागि बिदा बसेर विगतदेखि नै तयारी गरेका छन् ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।