नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । बुधबार अर्थात आजको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
