तथ्यांक अनुसार लघु जीवन बीमा कम्पनीको प्रिमियम संकलन ११ सय २८ प्रतिशतले र निर्जीवन लघु बीमा कम्पनीको प्रिमियम संकलन ४ सय ६१ प्रतिशतले बढेको छ । कम्पनीको प्रिमियम निवर्तमान बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले लघु बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएर अहिले धमाधम आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् ।
अहिलेसम्म लघु जीवन बीमा कम्पनीबाट २ वटा गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ तथा निर्जीवन लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गरिसकेका छन् । त्यसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएर कारोबार समेत भइसकेको छ । न्यून चुक्ता पुँजीका कारण कम्पनीको शेयर मूल्य अहिले २२ सय रुपैयाँभन्दा माथिल्लो तहमा कारोबार भइरहेको छ ।
नेपाल बीमा प्राधिकरणले अहिलेसम्म तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । सञ्चालनमा रहेका लघु जीवन बीमा कम्पनीको प्रिमियम संकलन गत वर्षको फागुन महिनाको तुलनामा चालु आवको फागुन महिनासम्ममा ११ सय २८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत वर्षको फागुनसम्म ५ करोड ८९ लाख ८९ हजार प्रिमियम संकलन गरेका लघु जीवन बीमा कम्पनीहरुले चालु आवको फागुन महिनासम्म ७२ करोड ४६ लाख १२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
चालु आवको फागुन महिनामा गार्डियन जीवन बीमाले सबैभन्दा बढी २४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने क्रेस्ट माइक्रो लाइफले २६६ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १७ करोड ७६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यस्तै चालु आवको फागुन मसान्तसम्म तीन वटा लघु जीवन बीमा कम्पनीहरुले ८५ लाख ५९ हजार रुपैयाँ नवीकरण प्रिमियम संकलन गरेका छन् । सबैभन्दा बढी नवीकरण प्रिमियम भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले संकलन गरेकाे छ ।
व्यवसाय विस्तारको आधार रुपमा मानिने प्रथम बीमा शुल्क सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले संकलन गरेकाे छ । कम्पनीले १७ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकाे छ जुन गत वर्षको फागुन महिनासम्म १ करोड ५९ लाख रुपैयाँ मात्रै थियो ।
त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको फागुन मसान्तसम्म १५ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकाे छ जुन अघिल्लो वर्ष ३ करोड ६१ लाख रुपैयाँ थियो । लिबर्टी माइक्रो लाइफले भने चालु आवको फागुन मसान्तसम्म ६ करोड ९० लाख रुपयाँ मात्रै प्रथम बीमा शुल्क संकलन गरेकाे छ जुन अघिल्लो वर्षको फागुनसम्म ६९ लाख रुपैयाँ मात्रै थियो ।
सक्रिय बीमा लेखको आधारमा गार्डियन माइक्रो इन्स्योरेन्स धेरै अगाडि रहेको छ । कम्पनीसँग ५ लाख ४४ हजार ६३६ वटा बीमा लेख सक्रिय रहेको छ । क्रेस्ट माइक्रो लाइफको फागुनसम्म १ लाख ५१ हजार ६ सय ३२ र लिबर्टी माइक्रो लाइफको भने ९५ हजार ५ सय ८८ सक्रिय बीमा लेख रहेको छ । कुल तीन वटा कम्पनीले चालु आवको फागुनसम्म ७ लाख ९१ हजार ८ सय ८६ वटा सक्रिय बीमा लेख रहेको छ जुन अघिल्लो वर्षको फागुनसम्म २७ हजार २ सय ४७ वटा मात्रै थिए ।
निर्जीवन लघु बीमा कम्पनीको बीमा प्रिमियम भने गत वर्षको फागुनको तुलनामा ४ सय ६१ प्रतिशतले बढेको छ । गत वर्ष १० करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको निर्जीवन लघु बीमा कम्पनीले चालु वर्षको फागुनमा भने ५७ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
४ लघु निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड ६४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सबैभन्दा कम ट्रस्ट माइक्रो इन्स्योरेनसले १३ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन गरेकाे छ । गत वर्ष भने सबैभ्न्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड ९० लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।
गत वर्ष निर्जीवन लघु विमा कम्पनीहरुले फागुनसम्म कुल ४३ हजार ३ सय ५८ वटा बीमा लेख जारी गरेकोमा चालु आवको फागुनसम्म यो ४ सय ७ प्रतिशतले बढेर २ लाख ३० हजार ७ वटा पुगेको छ