बक्यौता उठाउनु मेरो पदबाट हट्नुपर्ने मुख्य कारण : कुलमान घिसिङ

Apr 04, 2025 01:52 PM mero lagani



नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई पदबाट हटाउनुको मुख्य कारण विद्युतको बक्यौता उठाउनु रहेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले १८ घण्टाको लोडसेडिङ हटाएको तर व्यापारीहरुले नतिरेको बक्यौता उठाउन खोज्दा सरकारले नै आफूलाई हटाएको बताएका हुन् ।

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।