बक्यौता उठाउनु मेरो पदबाट हट्नुपर्ने मुख्य कारण : कुलमान घिसिङ

Apr 04, 2025 01:52 PM mero lagani



नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई पदबाट हटाउनुको मुख्य कारण विद्युतको बक्यौता उठाउनु रहेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले १८ घण्टाको लोडसेडिङ हटाएको तर व्यापारीहरुले नतिरेको बक्यौता उठाउन खोज्दा सरकारले नै आफूलाई हटाएको बताएका हुन् ।

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।