हुन त केहीले अब बस्ने मन्त्रीपरिषदले नयाँ गभर्नर नियुक्त गर्ने अडकलबाजी गरिरहेका छन् । तर, सोमवारसम्म गभर्नरकाे नाम छान्न सरकारले गठन गरेकाे छनाैट समितिकै बैठक बसेकाे जानकारी छैन । छनाैट समितिकाे बैठक अहिलेसम्म नबसेपछि साेमबारकै मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्ने संभावना न्यून छ। साेमवारकाे मन्त्रिपरिषदकाे बैठकले कायममुकायक गभर्नर निलम ढुंगानालाई ताेक्नसम्म सक्नेसम्म देखिएकाे छ । शुक्रवार गभर्नर अधिकारीकाे पदावधि सकिएपछि सरकारले औपचारिक रूपमै कायममुकायम कसैलाई ताेकेकाे छैन । यद्यपि निलम सिनियर डेपुटी गभर्नर भएकाले उनी नै कायममुकायम हुने निर्विवाद नै छ । हुन त अघिल्लाे पटक पनि छनाैट समितिकाे एउटै बैठकले नाम सिफारिश गरेकाेले साेमवारकै मन्त्रिपरिषदले टुंग्याउन पनि सक्छ तर सतहमा गभर्नरकाे नाममा जुन प्रकारकाे माथापच्ची भएकाे देखिन्छ,यसले समय लाग्ने देखिन्छ ।
छनाैट समितिले कसकाे नाम छनाैट गर्छ भन्ने बिषय अहिले गाैण देखिएकाे छ । बजारमा फलानाे व्यक्तिलाई शेरबहादुर देउवाले गभर्नर बनाउँदैछन् भन्ने एकथरीकाे अनुमान र अर्कातिर फलानाे व्यक्तिलाई प्रधानमन्त्री ओलीले अवसर दिँदैछन् भन्ने चर्चा व्यापक छ । जति नै व्यवसायिक व्यक्तिहरू छनाैट समितिमा आए पनि बजारमा उनीहरू डमी समितिकाे रूपमा चित्रित हुने अवस्था बन्दै छ । यही सन्दर्भमा काँग्रेस महामन्त्री गगन थापाले शनिवारकाे एक कार्यक्रममा बिचाैलियाले गभर्नर नियुक्ति सक्ने सम्भावना रहेकाे बताएपछि गर्भनर नियुक्तिकाे बिषय पेचिलाे बन्दै गएकाे स्षष्ट नै छ ।
नबिल बैंकबाट ज्ञानेन्द्र ढुंगानाकाे राजीनामा पछि बिशेषगरी पूँजीबजारका लगानीकर्ता र कर्पाेरेट जगतमा एक प्रकारकाे उत्साह देखिन्थ्याे तर याे उत्साह राष्ट्र बैंककै कार्यकारी निर्देशक प्रकाश श्रेष्ठकाे राजीनामा पछि सेलायाे । कारण, एमालेले अर्काे दरिलाे उम्मेद्वार श्रेष्ठलाई बनाएकाे हाे भन्ने अनुमानमा कर्पाेरेट सेक्टर रह्याे । ज्ञानेन्द्र र प्रकाश काँग्रेस र एमालेका संस्थापनका उम्मेदवार बन्दै गरेकाे जस्ताे देखिन्थ्याे । तर गभर्नर छान्ने कार्यविधिमा उमेरकाे हद हटाएर जव अर्थमन्त्रालयले संशाेधन गर्याे अनि बलिया उम्मेद्वारकाे रूपमा जबरजस्त इन्ट्री भए, ६५ बर्ष कटेका पूर्वमुख्य सचिव राजेन्द्र क्षेत्री र राष्ट्र बैंकका सन्चालक समिति सदस्य रविन्द्र पाण्डे । अहिले यिनै दुई भाइलाई पावरफुल उम्मेद्वारकाे रूपमा हेरिएकाे छ ।
राष्ट्र बैंकबाट राजीनामा दिएका प्रकाश श्रेष्ठ,नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना, कार्यबिधि परिवर्तन गरेर शक्तिशाली बनेका राजेन्द्र क्षत्री र रवीद्र पाण्डे, एक जना डेपुटी गभर्नर अनिवार्य भएकाे अवस्था र महिला पनि भएकाले निलम ढुंगाना मध्ये यिनै नामहरूबाट छनाैट समितिले तीन जना छान्ने अनुमान सर्वत्र गरिदैछ । तर, यी पाँच नामबाट तीनमा झार्न समितिले निकै पापड बेल्नु पर्ने देखिन्छ ।
अहिले गभर्नर आफ्नो अनुकूललाई बनाउन सत्तारुढ दुई दलबीच तानातान छ। यस्तो अवस्थामा छनाैट समितिमै सहमति जुट्न नसक्ने पनि देखिन्छ ।
डेपुटी गभर्नरमध्ये एक जना अनिवार्य सिफारिस हुनुपर्ने भएकाेले बाँकी दुई जनामा कसलाई सिफारिस गर्ने भन्ने निर्णय समितिको हुन्छ । यद्यपि उक्त समितिभित्र सहमति नभए के हुन्छ भन्नेबारे ऐनमा केही उल्लेख छैन । छनाैट समितिका कुनै एक सदस्यले नाेट अफ डिसेन्ट लेखेकाे अवस्थामा अर्का सदस्यकाे सहमतिमा अर्थमन्त्री बिष्णु पाैडेलले आफुले चाहेकाे नाम मन्त्रिपरिषदमा लान सक्ने देखिन्छ । तर याे अवस्था आउनु भनेकाे गठबन्धनमा सहमति नहुँदाकाे अवस्थामा हाे । गभर्नरकै कारण गठवन्धनमा दरार ल्याउने अवस्थामा अहिलेकाे सरकार देखिँदैन । पछिल्ला समयका नियुक्तिहरू हेर्दा एमाले काँग्रेससँग उदार देखिँदै आएकाे छ । तर,युवराज खतिवडाकाे परामर्शमा चल्ने प्रधानमन्त्रीले काँग्रेसले ल्याएका नाममा सजिलै समर्थन गर्नेछन् भन्न पनि सकिदैन ।