नेप्से प्रमुख चापागाईँले तीनवटा सुझाव मागेपछि सराेकारवालाले दिए यस्ताे जवाफ

Apr 07, 2025 05:50 AM Merolagani



शेयर कारोबार गराउनको लागि बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख भुमिका छ । हालै नेप्सेकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मा चुडामणि चापागाईँको नियुक्त भएका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृतमा नयाँ नियुक्ति भएसँगै शेयर बजारबाट धरै कुराको अपेक्षा लगानीकर्ताले गरेका छन् । शेयर बजारसँग सम्बन्धी काम गर्न नियुक्त भएका सीईओले पनि बजारको विषयमा बुझ्नै पर्ने हुन्छ । सरोकारवालाहरुको सल्लाह सुझाव लिएर मात्रै नै बजारको हितमा काम गर्ने सीईओ चापागाईँले बताएका छन् ।

अन्तराष्ट्रिय पूँजी बजारले ठूलो फड्को मारेको छ । तर नेपालको पूँजी बजारको तुलनात्मक रुपमा विकास हुन सकेको छैन । प्रविधिको विकाससँग विश्व ग्लोबल भिलेज भएको छ । सोसँगै नेपाली बजारमा लगानी गर्ने लगानीकर्ताले पनि अन्तर्राष्ट्रिय बजारकाे जस्तै सेवा र सुविधा चाहेका छन् ।

विगत लामो समयदेखि नेपालमा शेयरको मात्रै कारोबार भइरहेको छ । शेयर बजारपनि एकतर्फी भएका कारणले गर्दा बजारबाट कमाउनको लागि सूचक बढ्नै पर्ने हुन्छ । बुल र वियरको लामो अवधिको चपेटामा लगानीकर्ताहरु सधै फस्ने गरेका छन् । त्यसैले नयाँ नेतृत्व आएसँगै लगानीकर्ताहरुले नेपाली बजार पनि अन्तराष्ट्रिय स्तरमा विकास भएसरह हुनुपर्ने बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज पनि प्रतिस्पर्धी र दीगो विकास हुनेगरी अगाडि बढ्नु पर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । नेप्सेलाई आधुनिकरण गरेर प्रविधि मैत्री बनाउनु पर्ने उनकाे भनाइ छ । इन्ट्र डे सटसेलको सुविधा दिनु पर्ने र बजारमा कारोबार गर्ने लगानीकर्तालाई सचेतनाको कार्यक्रमलाई चुस्त राख्नु पर्ने ढकालले बताए ।

त्यसैगरी लगानीकर्ता ताराप्रसाद फुल्लेलले नेप्सेले समय सापेक्षित रुपमा कारोबार  गराउन स्टिमलाई चुस्त दुरुस्त र कुनै समस्या नआउने गरी सुधार गर्नुपर्नेमा जोड दिए । 'नयाँ टीएमएस पनि सञ्चालन आएका छन् । लगानीकर्ता मैत्री सुविधाहरु राखेर सञ्चालनमा ल्याउनु पर्ने हुन्छ । नेप्सेले लगानीकर्ताहरुको लागि दिनुपर्ने सुविधा कर्मकान्डमा मात्र आधारित छन् । सरकारी स्वामित्व भएकै कारणले कामहरु कायान्वयन गर्न ढिला सुस्ती हुने गरेको छ । त्यसैले पनि बजारको विकास अपेक्षित रुपमा हुन नसकेको हुँदा नेप्सेको पुनर्संरचनाको कामलाई महत्वको साथ गर्नुपर्ने हुन्छ,' उनले भने ।

सबै पक्षहरु सकृय भएमा शेयर बजारको हित हुने स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा ब्रोकर नम्बर ३५ का भरत रानाभाटले बताए । नेपालको पूँजी बजारको विकास गर्नको लागि धेरै कामहरु गर्न जरुरी छ । बजारकाे सुधार एक पक्षले मात्रै चाहेर हुँदैन । नियामक, बजार सञ्चालक, ब्रोकर लगानीकर्तालगायत अन्य स्टेक होल्डर्सहरुकाे पनि उत्तिकै जिम्मेवार हुनुपर्ने रानाभाटले बताए ।

त्यसैगरी, मार्जिन ल्याडिङको काम हुन सकेको छैन । विभिन्न बहानामा लामो समयदेखि रोकिएको छ । यसलाई सहजिकरण गर्नु पर्ने हुन्छ । नेप्सेले सहजिकरण गरिदिने र बोर्डले यसलाई कार्यान्वयनमा ल्याउने हो भने रोकिएको बजारको विकासले थारै भएपनि फड्को मार्ने थियो र लगानीकर्ताले ब्रोकरबाट सहजै सुविधा पाउने रानाभाटको बुझाई छ । नेपाल धितोपत्र बोर्ड र नेप्से दुवै निकायको नेतृत्व नयाँ भएका कारण बजारको विकासमा हातेमालो गरेर लाग्ने हो भने बजारको द्रुत रुपमा विकास हुने दावी रानाभाटको छ ।

शेयर बजार संवेदनशिल छ । लाखौ लगानीकर्ताको सम्पत्तिको कारोबार गराउने नेप्सेले बजार विकासमा सधै सचेत हुन जरुरी हुन्छ । समय अनुसार प्रविधिको विकास नहुदा दोस्रो बजारका लगानीकर्ताहरु घट्यो र बढ्यो भन्नेमा मात्रै सिमित छन् । बजारमा नोक्सानी मात्रै हुन्छ भन्नेमा लगानीकर्ताहरु संसकित छन् । यस्तो अवस्थामा लगानीकर्ताले बजार प्रतिको विश्वास जगाउँदै, लगानीको सुरक्षा प्रत्याभूति गर्दै लगानी क्षेत्रको लागि राम्रो विकल्पको रुपमा नेप्सेको विकास गर्न जरुरी रहेको जानकारहरुको बुझाई छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।