अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM merolagani



नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।

नेपाल धितोपत्र बोर्डले मंगलबार “नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू ” सार्वजनिक गर्‍यो। सोही सार्वजनिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्न लागिएको उल्लेख छ।

“दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात् मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने” सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ।

उक्त व्यवस्था भए अहिले जस्तो लगानीकर्ताले ब्रोकर कम्पनीबाट उधारो पाउने अवस्था हुने/नहुने अनिश्चित हुने छ। किनकि उक्त व्यवस्था कार्यान्वयन आउँदा के कसरी आउँछ। त्यही अनुरूप नै कारोबार गर्ने सकिने प्रक्षेपण अहिले गर्न सकिन्छ। 

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।