नेपाल विद्युत् प्राधिकरण बन्यो सबैभन्दा बढी सेयर लगानी गर्ने सार्वजनिक संस्थान, यी हुन अन्य ‘टपटेन’ संस्थान

Jul 21, 2025 02:25 PM merolagani



नेपाल सरकारको सबैभन्दा बढी सेयर लगानी गर्नेमध्ये नेपाल विद्युत् प्राधिकरण पहिलो नम्बरमा परेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को अवधिमा प्राधिकरण सबैभन्दा बढी सेयर लगानी गर्ने सार्वजनिक संस्थानमा पहिलो भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको लगानी प्रतिवेदन २०८०/०८१ अनुसार, प्राधिकरणले सो अवधिमा सबैभन्दा बढी सेयर लगानी गरेको हो । उक्त अवधिमा प्राधिकरणले १ अर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ शेयरबापत लगानी गरेको जारी प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सबैभन्दा बढी सेयर लगानी गर्ने दोस्रो नम्बरमा नेपाल नागरिक उडड्यन प्राधिकरण छ । जसको सेयर लगानी उक्त अवधिमा ६२ अर्ब ७४ करोड बराबर, तेस्रोमा नेपाल टेलिकमले १६ अर्ब ७४ करोड, चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक परेको छ ।

उक्त बैंकको १५ अर्ब ६३ करोडको शेयर लगानी भएको थियो । त्यस्तै पाँचौ स्थानमा कृषि विकास बैंक लिमिटेड, छैठौंमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सातौंमा नेपाल आयल निगम, आठौंमा निक्षेप तथा कर्जा सुरक्षण कोष, नवौंमा नेपाल बैंक लिमिटेड र सेयर लगानी गर्ने दशौं स्थानमा अन्तराष्ट्रिय मुद्रा कोष रहेका छन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।