रवि लामिछाने कारागार चलान

Apr 07, 2025 12:07 PM merolagani
1



उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ।

पक्रिया पुरा गर्नका लागि उनलाई आइतबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म सोही कारगारमा रहने छन्।




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।