प्रि ओपन सेसन अपडेटः १५ अंक बढ्यो नेप्से

Apr 09, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.१८ अंक बढेर २६८१.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.५४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६९ स्टकको ८७ पटकको कारोबारमा १५ लाख ९९ हजार ९५७ रुपैयाँबराबरको २ हजार २९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।