बढेको बजार टिक्न किन सकेको छैन ?

Apr 09, 2025 05:27 PM Merolagani



बुधबारको बजार सकारात्मक भएको छ । यसदिन बजार ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ भने ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आजको बजारमा सुरुवाती समयमा राम्रो अंकको वृद्धिसहित कारोबार भएको थियो । यद्यपि बजार टिक्न सकेन,बिक्री चाप छिट्टै भोग्नु पर्यो । जसका कारण बजारमा सामान्य अंकको सुधार भएको हो । बजार घट्ने क्रम रोकिएको भएतापनि बजारले कारोबार रकमको राम्रो साथ पाउन सकेको छैन । यसले लगानीकर्ताको मनोवल कमजोर भएको संकेत गर्छ । अर्कातिर सडकमा भएका आन्दोलन र नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्तिमा भएकाे ढिलाइले बजारको सेन्टिमेन्ट्स बिगारेको लगानीकर्ताको बुझाइ छ ।

पछिल्लो समय भने चैत मसान्तको प्रभाव पनि बजारमा देखिएको छ । बजार धेरै घटेको हुँदा अहिलेको बजारमा लगानी गर्नेले अब नोक्सानी ब्यहोर्नु नपर्ने केही लगानीकर्ताको तर्क छ ।