वडा अध्यक्ष मृत फेला

Apr 09, 2025 06:33 PM Merolagani
2



बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।