विश्व शेयर बजारमा आएको यस वृद्धिको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो फैसला हो जसमा उनले चीनलाई बाहेक अन्य सबै देशहरुमा रेसिप्रोकल ट्यारिफलाई ९० दिनसम्म रोकेका थिए।
यस समाचार तयार पार्दासम्म जापानको निक्केई २२५ इण्डेक्स ९ प्रतिशतभन्दा बढी बढेर कारोबार भइरहेको छ। त्यस्ते, कोरियाको कोस्पी इण्डेक्स ६ प्रतिशतभन्दा बढी बढेर कारोबार भइरहेको छ भने ताइवानको ताइएक्स ९ प्रतिशतभन्दा बढी बढेको छ।
नास्डाकमा सन् २००१ पछिको सबैभन्दा ठूलो वृद्धि
सो दिन डाउजोन्स ७.८७ प्रतिशत बढेर ४० हजार ६०८ विन्दुमा बन्द भएको छ। जुन मार्च २०२० पछिको सबैभन्दा ठूलो सिंगल डे वृद्धि हो। त्यस्तै, एस एण्ड पी ९.९५ प्रतिशत बढेको छ भने नास्डाक कम्पोजिट १२.१६ प्रतिशत बढेको छ। एस एण्ड पीमा देखिएको वृद्धि सन् २००८ पछिको सबैभन्दा ठूलो वृद्धि हो भने नास्डाकको वृद्धि सन् २००१ पछिको सबैभन्दा ठूलो वृद्धि हो।
गत ८ अप्रिलमा डाउ जोन्स इण्डेक्स ०.८४ प्रतिशत, एस एण्ड पी ५०० इण्डेक्स १.५७ प्रतिशत र नास्डाक कम्पोजिट २.१५ प्रतिशत घटेर बन्द भएको थियो।