बारमा सत्ताधारी गठबन्धन निकट उम्मेद्वार भारी मतान्तरले विजयी, अध्यक्षमा मिश्र

Apr 10, 2025 02:23 PM Merolagani



नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् ।  माओवादी लगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका   वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाइ भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मिश्रले ५०५२ मत ल्याएर विजयी भएका छन भने श्रेष्ठले २६२१ मत प्राप्त गरेका छन् । अंधिकाश पदाधिकारीमा सत्ताधारी कांग्रेस-एमाले गठबन्धन निकट उम्मेदवार  निर्वाचित भएका छन् ।

महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने बिपक्षी उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् । 

कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।