त्यसमा पनि ‘अल्ट्रा लो क्याप’ भनिएका कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्किट लेभलमा कारोबार भयो ।
कर्पोरेट डेभलपमेन्ट बैंक सकारात्मक सर्किट लागेर १९ सय ९७ रुपैयाँ ४० पैसा, सप्तकोशी डेभलपमेन्ट बैंक पनि सकारात्मक सर्किट लागेर ११ सय १९ रुपैयाँ ६० पैसा, ग्रिन डेभलपमेन्ट बैंक पनि १० प्रतिशत नै बढेर १३ सय ६१ रुपैयाँ १० पैसा, एक्सेल डेभलपमेन्ट बैंक ४ दशमलब ४८ प्रतिशत बढेर ६ सय ३५ रुपैयाँमा कारोबार भएको छ। गत आवको फागुनसम्म सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक खुद नोक्सानीमा सञ्चालन भएकोमा चालु आवको फागुनसम्म पुग्दा कर्पोरेट डेभलपमेन्ट बैंक समेत खुद नोक्सानीमा सञ्चालन हुन पुगेको छ।
तथ्यांक अनुसार फागुनसम्ममा कर्पोरेट डेभलपमेन्ट बैक ६८ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंक १ करोड ३६ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक २ करोड ८ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंक १८ करोड ८७ रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंक ७३ करोड ५५ लाख रुपैयाँ घाटामा रहेका छन्। सोमबार सर्किट लेभलमा कारोबार भएका ‘अल्ट्रा लो क्याप’ भनिएका कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकको ५६ करोड ९६ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ८३ करोड ४३ लाख रुपैयाँ मात्रै रहेको छ।
नेप्सेमा सूचीकृत विकास बैंकहरुले चालु आवको फागुनसम्म गत आवको सोही अवधिको तुलनामा ७ दशमलब ६५ प्रतिशतले बढेको छ। चालु आवको फागुनसम्म १६ वटा विकास बैंकहरुले ३ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। गत आवको फागुन महिनासम्म विकास बैंकहरुले ३ अर्ब १२ करोड ७२ लाख रुपैयाँ मात्रै खुद मुनाफा कमाएका थिए।
विकास बैंकहरुमा सबैभन्दा धेरै नाफा भने गरिमा विकास बैंकले कमाएको छ। बैंकले फागुनसम्म ८३ करोड ४८ लाख रुपैयाँ कमाएको छ। बैंकले गत वर्ष ६५ करोड २२ लाख रुपैयाँ कमाएको थियो।
त्यस्तै विकास बैंकमा दोस्रो धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले ७३ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। गत वर्ष बैंकले ६६ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
तेस्रो धेरै नाफा कमाउने विकास बैंकमा शाइन रेसुंगा विकास बैंक रहेको छ। बैंकले चालु आवको फागुनसम्म ५६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्ष ५२ करोड २८ लाख रुपैयाँ मात्रै थियो।
त्यसैगरी कामना सेवा विकास बैंकले ५० करोड ११ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ४२ करोड १५ लाख रुपैयाँ, सांग्रिला विकास बैंकले ४० करोड ६६ लाख रुपैयाँ, ज्योति विकास बैंकले ३६ करोड १ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ३१ करोड २ लाख रुपैयाँ, मितेरी विकास बैंकले ७ करोड ७९ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ४ करोड ८९ लाख रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ८० लाख रुपैयाँ खुद मुनाफा गरेका छन्।

चालु आवको फागुनसम्म सबैभन्दा बढी नाफा वृद्धि दर सिन्धु विकास बैंकको देखिएको छ। बैंकले गत वर्ष फागुनसम्म २ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालु आवको फागुनसम्म ४ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत वर्ष ४ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको फागुनसम्ममा झन्डै सात प्रतिशत नाफा वृद्धि गरी ७ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष फागुनसम्म सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको फागुनसम्ममा ८९ दशमलब १६ प्रतिशतले नाफा वृद्धि गरी ४० करोड ६६ लाख रुपैयाँ पुर्याएकाे छ।
यता घाटामा रहेका विकास बैकहरुमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले १३ करोड ६२ लाख रुपैयाँ रहेको घाटा रकमलाई १ करोड ३६ लाख रुपैयाँमा झारेको छ भने एक्सेल डेभलपमेन्ट बैंकले २४ करोड ३१ लाख रुपैयाँ रहेको घाटालाई चालु आवको फागुनसम्ममा १८ करोड ८७ लाख रुपैयाँमा झारेको छ।