प्रि ओपन सेसन अपडेटः करिब साढे १३ अंक बढ्यो नेप्से

Apr 16, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२३ अंक बढेर २७०२.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको १७९ पटकको कारोबारमा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसाबराबरको ५५ हजार २३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।