प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त

Apr 16, 2025 11:50 AM Merolagani



प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडाैंमा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो ।

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।