गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

Apr 18, 2025 12:01 PM mero lagani



राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।

लामाे रस्साकस्सी पछि सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधवार गभर्नरकाे नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टकाे नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा अाेलीले समर्थन जनाएका थिए ।

शुक्रवार नै अर्थमन्त्री बिष्ण पाैडेल संयाेजक रहेकाे छनाैट समितिले भट्टसहित तीन जनाकाे नाम मन्त्रिपरिषदमा पेश गर्ने संभावना छ । अब बस्ने मन्त्रिपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।