गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

Apr 18, 2025 12:01 PM mero lagani



राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।

लामाे रस्साकस्सी पछि सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधवार गभर्नरकाे नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टकाे नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा अाेलीले समर्थन जनाएका थिए ।

शुक्रवार नै अर्थमन्त्री बिष्ण पाैडेल संयाेजक रहेकाे छनाैट समितिले भट्टसहित तीन जनाकाे नाम मन्त्रिपरिषदमा पेश गर्ने संभावना छ । अब बस्ने मन्त्रिपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।