उनले भने –'अहिले कुनै समयमा सुचीकृत कित्ता भन्दा बढी शेयरको डिमान्ड देखिन्छ । तर शेयरको डिमान्ड नै गर्न नपाइने त होइन । डिमान्ड धेरै भएपछि मूल्य बढ्छ । तर यस्तो कृत्रिम डिमान्ड कस्तो लगानीकर्ताले गरेको छ, प्रायोजित रुपमा गरेको छ कि छैन भनेर हेर्ने निकाय भनेको ब्रोकर होइन । यो समस्या बजार सञ्चालक र नियामकले हेर्नुपर्छ । फ्रन्ट लाइन रेगुलेटरको रुपमा बजार सञ्चालकले हेरेर किन सुचीकृत कित्ता भन्दा पनि बढी डिमान्ड आयो भनेर लगानीकर्तालाई विश्वस्त बनाउनुपर्नेमा ऊ आफै रमिते बनेर बसेको हुन्छ, यही हो विडम्बना भनेको । वास्तवमा फ्रन्टलाइन रेगुलेटरले वास्तविकता के हो भनेर आम लगानीकर्तालाई सुसूचित गर्नुपर्छ ।'
नेप्सेकाे टीएमएसमा अर्डर हाल्दा खेरि कम्तिमा २५ प्रतिशत एडभान्स नगद हुनुपर्ने व्यवस्था छ । लगानीकर्ताको २५ प्रतिशत एडभान्स नगद आएको छ कि हेर्नुपर्ने निकायले हेर्दैन र टीएमएसमा आएको डिमान्डलाई फेक हो भन्ने आरोप लगाउने वातावरणले बजारप्रति लगानीकर्ताको विश्वासमा आँच आएकाे उनले बताए । त्यही विश्वसनीयतामा आँच आएको कारणले सोझा साधारण लगानीकर्ताको लगानी डुब्ने गरेको छ । बाँकी भिडियाेमा