प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन। शिक्षकका जायज मागहरु पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । उनले सरकारले शिक्षकहरुका जायज मागहरु पुरा गर्नुको सट्टा दमन गरिरहेको उनको आरोप छ ।
उनले भने, ‘शिक्षकहरुका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरु भागेको कुरा सुन्नुभएको होला नि । पढ्नु भएको पनि होला । जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ । ’
उनले सरकारले शिक्षकहरुमाथि जंगली व्यवहार र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भत्र्सना गरे ।