क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

May 11, 2025 08:52 AM Merolagani



क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (CREST) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जिन बीमाशुल्क ३४६.४२ प्रतिशत बढेको छ भने कुल आम्दानी १९८.७२ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८३.१५ प्रतिशत र कुल खर्च १९०.५९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।