सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

May 15, 2025 10:39 AM Merolagani



जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।