मन्त्रिपरिषद् वैठक स्थगित, आज पनि टर्याे गभर्नर नियुक्तिको सम्भावना, तिमिल्सिनाको नाम पनि चर्चामा

May 19, 2025 06:04 PM mero lagani



आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।

बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति निर्णय गर्ने अनुमान गरिएको थियो।

पौडेलको नाममा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति भैसकेको भनिए पनि दुई पार्टीहरु गभर्नर लगायतका अन्य नियुक्तिहरुको भागवण्डामा कुरा मिलिनसकेकोले वैठक सारिएको अनुमान गरिएको छ । प्रधानमन्त्री निकट स्रोतले आजै कांग्रेस र एमालेबीच छलफल हुन लागेको बताइएको छ । छलफलको निष्कर्षको आधारमा मन्त्रीपरिषद् वैठक बसेर गभर्नर नियुक्ति लगायतका विषयमा निर्णय गर्ने अनुमान गरिएको छ ।

पौडेलको नाममा पनि सार्वजनिकरुपमा विवाद सृजना भएपछि पछिल्लो समय कांग्रेसवृतबाट डा. अंगराज तिमिल्सिनाको नाम गभर्नरकोरुपमा अगाडि सारिएको छ । सुदूरपश्चिमका तिमिल्सिना हाल संयुक्त राष्ट्संघ अन्तरगतका परियोजनाहरुमा लामोसमयदेखि कार्यरत छन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।