प्रतिरोध क्षेत्र नजिक
यस साता बैंकको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल बैंकको प्रतिरोध क्षेत्र २१९ देखि २२६ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा १९० देखि २०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता हाबी
यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले यस साता बैंकको शेयरमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बैंकको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ३ वटामा स्टप लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

बलियो भोल्यूम
यस साता शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता बैंकको दैनिक औषतमा ६ लाख ४१ हजार ४१९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ३ लाख ४९ हजार ५८० रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ८३.४८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
साताको अन्तिम कारोबार दिन बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखाहरु बीचको दूरी फराकिलो बन्दै गएको छ। बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले यस साता बैंकको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा
यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६२.०५ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ६.९८ प्रतिशत पुगेको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ३ करोड ३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १४९.६८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.६१ गुणा रहेको छ।

आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको २६ करोड २२ लाख ५८ हजार ६१३.४० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २०८ रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य २७२ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य १३३ रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ५६ अर्ब ९२ करोड ६ लाख ९ हजार ४५२ रुपैयाँ ३४ पैसा रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५८ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ९ लाख ६१ हजार ६१९ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४५ ले बैंकको २ लाख १५ हजार ८६५ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ४५ नम्बर रहेको छ। सो ब्रोकरले यस साता बैंकको २ लाख ७१ हजार ६२० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा बढ्दै
फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले न्यूट्रल जोनबाट ग्रीड जोनतर्फ बढिरहेको छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा बढ्न थालेको संकेट गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)