सुनको मूल्य तोलामै १३ सय रुपैयाँ बढ्यो

Jun 11, 2025 10:48 AM Merolagani



जेठ २८ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा नै स्थिर रहेको छ । यस दिन चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।