इनड्राइभको ‘राइड्स फर गोल्स‘ अभियान सम्पन्न

Jun 15, 2025 05:44 PM merolagani



विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स‘ अभियान सम्पन्न गरेको छ ।

अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पु‍र्याउनु रहेको कम्पनीले जनाएको छ ।

उक्त अभियानमार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो, जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको इनड्राइभले जनाएको छ ।

अंग्रेजी ‘मे‘ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम, चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।

अभियानअन्र्तगत विद्यालयका खेलमैदानहरूको पूर्वाधार मर्मत गरिएको छ । बालबालिकाकलाइ शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल, फुटसल, ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू वितरण गरिएको हो ।

अभियानका सन्दर्भमा इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, “इनड्राइभमा हामी दृढ विश्वास गर्छौं कि मोबिलिटी केवल यात्राको सुविधा मात्र होइन, समुदाय सशक्तिकरण र समावेशी विकासतर्फको मार्ग पनि हो । राइड्स फर गोल्स’ अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन पु‍र्याउँछ । हामीलाई टिमवर्क, आत्मविश्वास, र नेतृत्व जस्ता सीपहरू विकास गर्न सक्ने ठाउँ निर्माणमा योगदान गर्न पाउनुमा अत्यन्त गर्व छ ।”

इनड्राइभ एशिया प्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले पनि यस अभियानप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “राइड्स फर गोल्स’ अभियानले दैनिक क्रियाकलाप-समाजमा सार्थक परिवर्तन ल्याउने शक्तिशाली माध्यम सहयोगी रहेको बताए ।

‘हामी सधैं यस्तो परियोजनामा संलग्न रहन्छौं, जसले दीगो मूल्य सिर्जना गर्छ र सामुदायिक स्तरमा सकारात्मक प्रभाव पार्छ । यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर, रमाइलो, र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्वपूर्ण कदम हो,” टोलीले भने ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।