पिपुल्स पावरको शेयरमूल्य समायोजन

Jun 16, 2025 06:32 AM Merolagani



असार २ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेड (PPL) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य ४९१ रुपैयाँ ७० पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर नयाँ ०.५ कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।