दुई कम्पनीको शेयरमूल्य समायोजन

Apr 09, 2026 08:25 AM Merolagani



चैत २६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था (ANLB) र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत र प्रभु इन्स्योरेन्स (PRIN) को ८.७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ भने प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको शेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा र प्रभु इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रभु इन्स्योरेन्सले २०८३, बैशाख ९ गते, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आत्मनिर्भर लघुवित्तले २०८३ बैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।