हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM Merolagani



गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।

उत्पादन क्षमतामा निरन्तर वृद्धि, सञ्चालन खर्चमा गरिएको प्रभावकारी नियन्त्रण र ऋणको ब्याजदर आएको गिरावटका कारण अधिकांश कम्पनीहरूले वित्तीय विवरणमा उत्साहजनक सुधार देखिएकाे हाे। यस अवधिमा जलविद्युत क्षेत्रको समष्टिगत कार्यसम्पादनमा आएको यो बदलले समग्र ऊर्जा क्षेत्रप्रतिको लगानीकर्ताको दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पारेको छ। बैंक तथा वित्तीय क्षेत्रमा देखिएको अधिक तरलता र सहज ब्याजदरका कारण हाइड्रोपावर क्षेत्र नाफामा जान सहयोग पुगेको हाइड्रोपावर सञ्चालकहरु बताउँछन् ।

नाफाको अग्रपंक्तिमा साहास र सोलु हाइडोपावर

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांक अनुसार खुद नाफा आर्जन गर्ने कम्पनीहरूमा साहास उर्जा लिमिटेड अग्रस्थानमा देखिएको छ। कम्पनीले यस अवधिमा १३५.९१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। त्यसैगरी सोलु हाइडोपावर लिमिटेडले १११.३८ करोड र अपी पावर कम्पनी लिमिटेडले ९६.०६ करोड रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई अब्बल सावित गरेका छन्। माथिल्लो तामाकोशी र माउन्टेन इनर्जी नेपाल लिमिटेड पनि उच्च नाफा कमाउने कम्पनीहरूको सूचीमा छन्। मुख्य रूपमा आफ्ना आयोजनाहरूको पूर्ण क्षमतामा उत्पादन र विद्युत बिक्रीमा भएको सहजताले नाफाको आकार फराकिलो बनेको हो भने कतिपय साना तथा नयाँ आयोजनाहरूले समेत आफ्नो व्यापारिक प्रसारणलाई स्थायित्व दिदै खुद नाफामा सकारात्मक प्रगति गरेका छन्। ठूला आयोजनाहरूको निरन्तरको विद्युत आपूर्ति र नेपाल विद्युत प्राधिकरणसँगको सफल समन्वयले पनि यी कम्पनीहरूको नाफामा उल्लेख्य योगदान पुर्याएको देखिन्छ।

 

  किन बढ्यो हाइड्रोपावरको नाफा?

हाइडोपावर कम्पनीहरूको नाफामा देखिएको यो उछालका पछाडि मुख्य रूपमा बैंक तथा वित्तीय प्रणालीमा बढेको अत्यधिक तरलता र कर्जाको ब्याजदरमा आएको गिरावट रहेको छ। बैंकहरूको ब्याजदर घट्दा हाइडोपावर कम्पनीहरूको वित्तीय लागत उल्लेख्य रूपमा घटेको छ, जसले प्रत्यक्ष रूपमा खुद नाफा बढाउन ठूलो सहयोग पुर्याएको छ। यसका साथै विगतमा निर्माण चरणमा रहेका धेरैजसो आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउनु, नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता तथा भुक्तानी प्रक्रियामा सहजता हुनु र आन्तरिक प्रशासनिक खर्चमा मितव्ययीता अपनाइनु पनि नाफा बढ्नुका अन्य महत्त्वपूर्ण कारणहरू हुन्। आयोजनाहरूको निर्माण सम्पन्न भएपश्चात पुँजीगत खर्च घटेर नगद प्रवाहमा सुधार आउनुले पनि कम्पनीहरूको समग्र वित्तीय स्थिति बलियो बन्न पुगेको छ। यसका अतिरिक्त, प्रसारण लाइनको पहुँच विस्तार हुनाले उत्पादित बिजुली खपत नभएर व्यर्थ जाने समस्यामा समेत कमी आएको छ।

चुक्ता पुँजी र जगेडा कोषको सन्तुलित अवस्था

चुक्ता पुँजी र जगेडा कोषको सन्तुलित अवस्था हेर्दा साहास उर्जा लिमिटेड निकै सबल देखिएको छ। ४५७.३८ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३६८.५७ करोड रुपैयाँ सञ्चित छ, जुन कम्पनीको वित्तीय स्वास्थ्यका लागि निकै सकारात्मक पक्ष हो। यसका साथै माउन्टेन इनर्जी नेपाल लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेड पनि आफ्ना जगेडा कोषको सदुपयोग गर्दै प्रतिसेयर आम्दानी दरिलो बनाउन सफल भएका छन्। रिजर्भ बलियो भएका कम्पनीहरूलाई आगामी दिनमा लाभांश वितरणमा थप सहजता हुने देखिन्छ भने यसले बजारमा उनीहरूको सेयरप्रतिको आकर्षणलाई समेत दिगो रूपमा जोगाइराख्न मद्दत पुर्याउने विश्लेषकहरूको भनाइ छ। जगेडा कोषमा देखिएको यो बलियो आकडाले भविष्यमा कम्पनीहरूलाई नयाँ परियोजनाहरूमा लगानी गर्न तथा आफ्ना पुराना ऋणहरू समय अगावै भुक्तानी गर्न समेत थप ऊर्जा प्रदान गर्नेछ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा कुन अब्बल ?

प्रतिशेयर आम्दानी र खुद नेटवर्थ (बुक भ्यालु) को आधारमा विश्लेषण गर्दा साहास उर्जा लिमिटेडको २९.७२ रुपैयाँको प्रतिशेयर आम्दानी र १८०.५८ रुपैयाँको बलियो नेटवर्थले कम्पनीको व्यावसायिक

दक्षतालाई पुष्टि गर्छ, जसले लगानीकर्ताका लागि थप आकर्षण थपेको छ। त्यसैगरी, माउन्टेन इनर्जी नेपाल लिमिटेडको २५.५२ रुपैयाँको प्रतिसेयर आम्दानी र १९४.५८ रुपैयाँको उच्च नेटवर्थले यसलाई आधारभूत रूपमा अब्बल कम्पनीहरूको श्रेणीमा राख्दछ। साथै, राधी विद्युत कम्पनी लिमिटेड (प्रतिशेयर आम्दानी २०.६५० र नेटवर्थ १२०.७१० रुपैयाँ) जस्ता कम्पनीहरूले पनि आफ्ना वित्तीय सूचकहरूमा स्थिरता कायम राख्दै लगानीकर्ताको विश्वसनीयता जित्ने प्रयास गरिरहेका छन्। यसरी उच्च प्रतिशेयर आम्दानीका साथै जगेडा कोष बलियो भएका र नेटवर्थमा सुधार देखिएका यी कम्पनीहरूले आगामी दिनमा आफ्ना शेयरधनीहरूलाई उचित प्रतिफल दिन सक्ने क्षमता थप सुदृढ बनाउँदै लगेको प्रष्ट हुन्छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।