आरम्भ करियर सर्भिसद्वारा फार्मासिस्टहरुलाई प्राथमिक उपचार तथा सुटरिङ्ग विधिसम्बन्धि तालिम प्रदान

Jun 17, 2025 03:21 PM Merolagani



आरम्भ करियर सर्भिसेजले फार्मासिस्टहरुलाई प्राथमिक उपचार तथा सुटरिङ्ग विधिसम्बन्धि तालिम प्रदान गरेको छ । आरम्भ करियले जेठ २४ गते, शनिबार, कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बसुन्धारामा सो तालिम दिएको हो । तालिमबाट ५० भन्दा बढी फार्मासिस्टहर लाभान्वित भएका थिए ।

फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टहरु प्रायः आपतकालिन वा सामान्य चोटपटकको समयमा समुदायिका व्यक्तिहरुसँग सम्पर्कमा आउने पहिलो पात्रहरु हुन् । उनीहरुलाई प्राथमिक उपचार र आधारभूत घाउ व्यवस्थापन सीपहरुले सशक्त बनाइ आपतकालिन अवस्थामा प्रभावकारी तथा सुरक्षित सहायता प्रदान गर्ने क्षमता बढाउन सो तालिमको आयोजना गरिएको कम्पनीको भनाइ छ । सो एक दिने तालिमको उद्देश्य सामान्य चोटपटक लाग्ने गरिने उपचार र आधारभूत सुटरिङ्ग प्रक्रियाहरु बुझ्न आत्मविश्वास र क्षमता निर्माण गर्ने कम्पनीले बताएको छ ।

सहभागीहरुले भिजुअल प्रिजेन्टेशन, लाइभ डेमन्स्ट्रेसन, सामूहिक छलफल, सिमुलेशन मोडलहरु प्रयोग गरेर अभ्यास, मेडिकल प्रोफेशनलहरुको निर्देशन जस्ता विधिहरुबाट तालिम प्राप्त गरेका थिए । सहभागीहरुलाई सर्टिफाइड फस्र्ट एड ट्रेनर, नेत्र रोग विशेषज्ञ तथा इमर्जेन्सी हेल्थकेयर एक्सपर्ट सन्दिप कुमार श्रीवास्तवले तालिम प्रदान गरेका थिए ।

आरम्भ करियर सर्भिसेज शिक्षा, सीप विकास र रोजगारी बीचको दूरीलाई कम गर्न व्यापक करियर विकास समाधानहरु प्रदान गर्ने लक्ष्य सहित स्थापना भएको कम्पनी हो । यस कम्पनीले व्यक्ति, विशेष गरेर विद्यार्थी, भर्खर स्नातक उत्तिर्ण गरेका र भर्खर आफ्नो करियर सुरु गर्न लागेकाहरुलाई दिगो मार्गतर्फ मार्गदर्शन गर्ने काम गर्दछ । यसका साथै प्रोफेशनलहरुको सीपमा वृद्धि गराउन विभिन्न प्रोफेशनल डेभलपमेन्ट मोडल पनि कम्पनीले उपलब्ध गराउँदछ ।

कम्पनीले किताबी ज्ञान र व्यवहारिक ज्ञानबीचको दूरी मेटाउने प्रयास गर्दछ । अस्पताल, समाज, पढाइ र बजारमा दशकभन्दा बढी अनुभव भएका दक्ष जनशक्तिहरु कम्पनीसँग आबद्ध छन्। कम्पनीले फ्रेसर, इन्टर्न तथा काम गरिरहेका फार्मासिस्टहरुको विकास र हौसला बढाउने काम गर्दै आएको छ ।

 

 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।